हेटौंडा उपमहानगरपालिकाको वडा नं. १८ मा हार्दिक स्वागत गर्दछौ ।

865

हेटौँडा उपमहानगरपालिकाको वडा नं १८ साविकको हर्नामाडी गाविसका सवै वडाहरु मिलेर बनेको हो । यसको कुल क्षेत्रफल ३३.३६ वर्ग किलोमिटर रहेको छ । यस वडाको पुर्व सिमाना वकैया गाँउपालिका, पश्चिममा वडा नं १७, उत्तरमा मकवानपुर गढी गाँउपालिका, दक्षिण तर्फ निजगढ नगरपालिका अवस्थित छ । यसको अधिकांस भागहरु ग्रामिण स्तरमा छन । यस वडा भित्र, गुम्वाडाँडा, गोरक्ष ताल एवम् गुफाथान जस्ता सामरिक महत्वका पर्यटकिय स्थलहरु रहेका छन् । हेटौँडा बजारको बुद्धचोकबाट १७ किमि पूर्व लागेपछि हर्नामाडी पुगिन्छ । धरान-चतरा सडक हर्नामाडीलाई चिरेर जान्छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा मकवानपुर हात पारेपछि दिगबन्धन सेन र उनका मन्त्री कनकसिंह बानियाँ मकवानपुरगढीबाट लखेटिए । उनीहरू बंगाल गएर आफ्नो राज्य फिर्ता गराउन मुगल सेनाहरुलाई आफ्ना ज्वाईंविरुद्ध लड्न ल्याएका थिए । यसरी बङ्गालका मुगल सैनिकहरू १८१९ पुस २७ गते हर्नामाडीको गुम्बाडाँडामा आएर गढी दरबारमा आक्रमण गरेको इतिहास पाइन्छ ।

हर्नामाडीको गुफाथानबाट मकवानपुर गढी दरबार पुग्ने सुरुङ छ भन्ने इतिहास छ । त्यसै सुरुङ भएर असार १५ मा शेनवंशी राजारानी हर्नामाडीको रानीखेतमा हिलो खेल्न आउँथे भन्ने किम्बदन्ती छ । जिल्लाको नामलाई जनाउने शब्द ’मकवानपुर’ भनेर हर्नामाडीलाई नै चिनिने गरिन्छ ।

गुम्वाडाँडा, नेपालको उत्कृष्ट पर्यटकिय गन्तव्य मध्येको एक हो । हेटौडाको मुख्य वजार क्षेत्रवाट १७ किलोमिटरको दुरीमा रहेको यस क्षेत्र आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धनका लागी निकै सम्भावना बोकेको क्षेत्र हो । व्यस्त जीवनशैली रहेको वर्तमान समयमा मनोरन्जन तथा समय व्यति गर्नका लागी यस क्षेत्र निकै उपयोगी रहेको छ । शितल तथा मनमोहक वातावरण तथा कोलाहल मुक्त क्षेत्र रहेकाले त्यहा पुग्ने सवै पर्यटकहरुलाई यस क्षेत्रको वातावरणले लोभ्याउछ । धरान चतरा मार्ग तथा निजगढ काठमाडौ द्रुतमार्गसंगै जोडिएको यस स्थलमा केहि वर्ष अघि नेपालसहित भारत, जापान ईटाली र कोरियाका गरी २३ जना कलाकारहरु द्वारा निर्मित ढुङ्गाका मुर्तिहरु छन् ।

हर्नामाडी एकिकृत पर्यटन विकास समितिले गुम्बाडाँडासहित गोरक्ष ताल र ऐतिहासिक महत्व बोकेको गुफाथानलाई  प्रदेश ३ कै महत्वपुर्ण पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न गुरुयोजना तयार पारेको छ । जस अन्तरगत

  • सुविधा सम्पन्न होटल तथा रेष्टुरेन्टको निर्माण
  • मनोरन्जनात्मक कृयाकलाप सञ्चालन गर्नका लागि खुला क्षेत्र सहितको स्टेज
  • पर्याप्त सामग्रीसहितको वाल उद्यान
  • विपाश्वना केन्द्र तथा तपोवनको विकल्पको रुपमा बिकास
  • नर्सरी सहितको पुष्प वगैचा
  • गुम्बाडाँडादेखि गोरक्ष ताल सम्मको फुट ट्रेल
  • गोरक्ष तालमा रेसुरेन्ट सहितको नौका बिहार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here