गुम्बा डाँडामा एक करोडको बुद्धको मुर्ती स्थापना गरिने

862

हेटौडा, हर्नामाडी : मकवानपुरको पर्यटकीय स्थल हेटौंडा १८ स्थित गुम्बा डाँडामा बुद्धको प्रतिमा स्थापना गरिने भएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेपछि बिरुवा डाँडाबाट गुम्बा डाँडा नाम रहन गएपनि गुम्बा सम्बन्धि पहिचान नभएकाले पूर्ण कदको बुद्धको मुर्ती स्थापना गर्न पहल गरिएको हो ।

गुम्बा डाँडामा आयोजित विषेश कार्यक्रममा काठमाण्डौंस्थित बिभिन्न लायन्स क्लवका सदस्यहरुले मुर्ति निर्माणमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । समाजसेवी कमलचन्द्र सुमनको संयोजनमा भएको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा मकवानपुर १ का सांसद कृष्ण दाहाल र विशेष अतिथि मकवानपुर १(क) का सांसद प्रेम बहादुर पुलामीले मुर्ति राख्न सक्दो सहयोग गर्ने प्रतिबता ब्यक्त गरे ।

करिब एक करोड रुपैयाँ लागतमा ढलोटबाट बनेको भगवान बुद्धको पुर्ण कदको मुर्ति राखिने संयोजक सुमनले बताए । त्यसको लागि बिभिन्न दाताहरुले गुम्बा डाँडामै आएर सहयोगको प्रतिबद्धता ब्यक्त गरेको उनले जानकारी दिए । कार्यक्रम रिहो गुम्बा विकास समितिका अध्यक्ष मंगलसिं लामाको सभाध्यक्षतामा भएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here