वडा अध्यक्ष अनिल बानियाको पहलमा काकाकुल हर्नामाडीमा जताततै पिउने पानी (नारायणी एक्सप्रेस डटकम मा प्रकाशित समाचार )

619

हेटौंडा उप महानगरपालिका– १८ नम्बर वडा अध्यक्ष अनिल बानियाको पहलमा काकाकुल हर्नामाडीमा जताततै पिउने पानी उपलब्ध हुने भएको छ ।
खानेपानीका लागि अध्यक्ष निर्बाचित भएको २ बर्षमै अध्यक्ष बानियाले दु्रत गतिमा काम गर्न लगाएर जनतालाई खानेपानी उपलब्ध गराएपछि वडावासी खुसी भएका छन् । 
वडाका प्रत्यक घरमा खानेपानी पु¥याउने लक्ष्य सहित काम गरिएको बताउदै अध्यक्ष बानियाले बोरिङ कार्य सम्पन्न भईसकेको बताउदै पमईप लाईन बिस्तार कार्य तिब्र गतिमा गरिएकाले अबको केही समयमै वडाका प्रत्येक घरमा पानीको धारा जडान हुने र स्थानीय जनताको खानेपानीको समस्या सदाका लागि अन्त्य हुने जनाएका छन ।

स्थानीय जनताका अनुसार हर्नामाडी क्षेत्रको प्रमुख समस्या खानेपानी अभाव भएकोमा अब समस्या समाधान भएकोले जनता खुसी भएका छन् । नगरका वडाहरु मध्य खानेपानी आव भएको १८ नम्वर वडालाई बिगतमा काकाकुल वडा समेत भनिने गरिन्थो । 
हर्नामाडी कर्राखोला नजिकबाट बोरिङ गरी पानीलाई मोटरले तानेर गुम्बाडाडा स्थित रिर्जब ट्याङकीबाट बितरण गरिएको हो । केही दिन अघि मात्रै बोरिङ सफल भएको थियो । 
उसोत बिद्युत समस्याका कारण कष्टकर हर्नामाडी जनताको समस्यालाई वडा अध्यक्ष बानियाकै पहलमा दर्जर्नौ स्थानमा सिमेन्ट पोल गाडिनुका साथै ट्रान्समिटर समेत राखिएपछि त्याहाको बिद्युतको समस्या पनि समाधान भईसकेको छ । घर घरमा सडक पु¥याउने नीति लिएका बानियाले वडा भरी ट्रयाक खोल्ने र बाटो स्ल्याव गर्ने काम पनि द्रुत गतिमा अगाडि बढाएका छन् । हेटौंडा उपमहानगरले दिएको सुबिधाको मोटरसाईकल नलिएर चर्चामा आएका अध्यक्ष बानियाले उपमहानगरको सामाजिक समिति पनि सम्हाल्दै आएका छन ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here